नारायणगढ आइपुग्यो भोटेकोसीको बाढी, अहिलेसम्म छैन क्षति
gorkhapatraonline.com · Wed Aug 26 11:10:01 GMT 2026

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको नारायणगढ क्षेत्र कटेर दक्षिणतर्फ लागेको छ । आज दिउँसो करिब ३ः४५ बजे नारायणगढ क्षेत्रमा आइपुगेको बाढी अहिले शिवघाट हुँदै मंगलपुरभन्दा तलतर्फ पुगेको छ ।
बाढी चितवन प्रवेश गरे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)