काठमाडौं महानगरले नुवाकोट पठायो ४ वटा एम्बुलेन्स
kendrabindu.com · Wed Aug 26 11:27:05 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोटसहित आसपासका क्षेत्रमा बाढीले पुर्याएको ठूलो क्षतिपछि काठमाडौं महानगरपालिकाले उद्धार र राहतका लागि चारवटा एम्बुलेन्स नुवाकोट पठाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रका घाइतेहरूको उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि पठाउनेसहित अन्य दुईवटा एम्बुलेन्स विमानस्थलमा तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)