बाढीले रसुवा र नुवाकोटका १४ विद्युत आयोजना प्रभावित, क्षतिको विवरण संकलन गर्न समिति गठन (विज्ञप्तिसहित)
ratopati.com · Wed Aug 26 11:33:48 GMT 2026

काठमाडौँ । चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट दुवै जिल्लाका सञ्चालनमा रहेका ९ र निर्माणाधीन ५ गरी १४ विद्युत् आयोजना प्रभावित भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवामा पाँच सञ्चालनमा रहेका र तीन निर्माणाधीन गरी आठ आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ५७८ दशमलव ४२ मेगावाट छ । रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), साञ्जेन खोला (७८ मेगावाट), माथिल्लो मैलुङ ‘ए’ (६ दशमलव ४२ मेगावाट), मैलुङ खोला (५ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)