बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना गर्न राष्ट्रिय मुक्ति पार्टीको माग
baahrakhari.com · Wed Aug 26 11:35:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधन र भौतिक संरचनामा क्षति पुगेकोप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा बाढीका कारण सम्पर्कविहीन भएका नागरिक, सुरक्षाकर्मीको तत्काल खोजी तथा उद्धार गर्न र घाइतेहरूको निःशुल्क प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)