रासायनिक मलको चरम अभाव : सुदूरपश्चिममा मलविनै रोपाइँ गर्दै किसान
kalakarmi.com · Sun Jul 12 06:51:25 GMT 2026

धनगढी- सधैंझैं यस बर्षपनि सुदूरपश्चिममा रासायानिक मलको अभाव उच्च रह्यो । लामो सयम मल पाउने आशामा बसेका किसान अन्ततः मल विना नै रोपाई गर्न बाध्य भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेश्रो सातासम्म पनि रासायनिक मलको प्रतिक्षामा बसे । मलका लागि यहाँका हरेक सहकारी धाइरहे तर, कतैपनि मल पाइने अवस्था नभएपछि चौधरी मल बिनानै रोपाईमा व्यस्त भएका छन् । ‘मलको प्रतिक्षामा रोपाईनै ढिलो हुन थाल्यो,’ चौधरीले भने, ‘अहिले रोपाई सुरु गरेको छु, मल पाएको छैन,’मानबहादुका अनुसार धान रोपाईका लागि डिएपि मल आवश्यक पर्ने हुन्छ । तर यस पटक रोपाई सकिने समयसम्म पनि मल प्राप्त हुन नसकेको उनको दुःखेसो छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)