नेपाल प्रभावित भएको भीषण बाढी : चीनतर्फ के भयो ?
ratopati.com · Wed Aug 26 11:36:54 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको थियो ।
ग्यिरोङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै पिपुल्स डेलीले पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको जनाएको छ । पहिरोका कारण चिनियाँ भूमितर्फ ग्यिरोङ बन्दरगाहसम्म जाने सडक अवरुद्ध भएको छ । साथै सञ्चार र विद्युत् आपूर्तिसमेत प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)