बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न अध्यक्ष ओलीको आह्वान
kendrabindu.com · Wed Aug 26 11:35:20 GMT 2026

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।
बुधबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार र राहतमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)