भोटेकोशी बाढीप्रति नाडाको दुःख, अटोमोबाइल क्षेत्रको क्षति मूल्यांकन गर्न सरकारसँग आग्रह
setopati.com · Wed Aug 26 11:47:49 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेकोप्रति प्रशंसा गरेको छ। विपद्को यस कठिन घडीमा नाडा सरकार र नागरिकको साथमा रहेको समेत जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)