नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
canadanepal.com · Sun Jul 12 07:08:38 GMT 2026

काठमाडौँ - नेपालगन्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ।
नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार बसेको नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास, १०८ फिट अग्लो हनुमान् मूर्ति निर्माण, व्यापारिक भवन, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)