परराष्ट्र मन्त्रीले भने- भूकम्पले हिमपहिरो झरेर भोटेकोशीमा बाढी आएको प्रारम्भिक सूचना छ
onlinekhabar.com · Wed Aug 26 12:10:24 GMT 2026

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आज बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीबाट टिमुरे, रसुवागढी र स्याफ्रुबेशी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ ।
तर, बाढी आउनुको कारण यकिन भएको छैन । परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार बाढीको कारणबारे प्रारम्भिक सूचना आउन थालेका छन् । तर प्रारम्भिक सूचनाको आधिकारिक रूपमा पुष्टि गर्न आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)