एमालेले समर्थन फिर्ता लिँदैन, सके मुख्यमन्त्रीले बर्खास्त गरुन् : चक्र मल्ल
nepalpress.com · Sun Jul 12 07:32:52 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद झन् चर्किँदै गएको छ। सत्ता गठबन्धनमै रहेको नेकपा (एमाले) का ६ जना प्रदेश सभा सदस्यले बजेटमाथि खर्च कटौती प्रस्ताव दर्ता गराएपछि राजनीतिक तरंग थप बढेको हो ।
एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी रहेकै अवस्थामा आफ्नै सरकारविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन वा खर्च कटौती प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)