इक्यानले भन्याे- 'शैक्षिक परामर्श केन्द्रमा भएको धरपकड निन्दनीय'
arthasansar.com

नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अन्य सम्बन्धित सुरक्षा र प्रशासनिक निकायहरूद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा गरिएको अनुगमन, छापा, धरपकड तथा नियन्त्रण सम्बन्धी कारबाहीहरूप्रति आपत्ति जनाएको छ । इक्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै यसलाई गम्भीर रूपमा लिएको जनाएकाे हाे ।
स्थापनाकाल वि.सं २०५४ सालदेखि नै विधिको शासन, उपभोक्ता संरक्षण, विद्यार्थी हित, वित्तीय पारदर्शिता तथा नेपाल सरकारका प्रचलित कानूनी तथा नियामकीय संरचनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहँदै आएको इक्यानले स्पष्ट पारेको छ । संघले शिक्षा क्षेत्रको नाममा हुने कुनै पनि प्रकारको ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार वा विद्यार्थी–अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कुनै पनि अवस्थामा स्वीकार नगर्ने स्पष्ट पार्दै यस्ता कार्यमा संलग्न जोसुकै व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कडा, निष्पक्ष र पारदर्शी कारबाही हुनुपर्ने बताएको छ । तथापि, हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति गम्भीर चिन्ता रहेको इक्यानको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)