ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई एक/एक लाख सहयोग गर्ने
annapurnapost.com · Wed Aug 26 12:32:44 GMT 2026

बुटवल : बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधवार बसेको कार्यपालिकाको बैठकले भोटेकोशी नदीमा आएको बाटीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गाउँकार्यपालिकाको बैठकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाजञ्ली व्यक्त गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष धन बहादुर बिकको अध्यक्षतमा बसेको बैठकले प्रभावित जिल्लाका नागरिकहरुको राहत र उद्दारका लागि रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिमल रिजालले जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)