झापामा कुकुर पाल्न वडाको अनुमति अनिवार्य
nepalpress.com · Sun Jul 12 07:55:34 GMT 2026

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो ।
वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ । दर्ताका लागि कुकुरधनीको नाम, ठेगाना, सम्पर्क नम्बर, कुकुरको जात, उमेर, लिङ्ग, रङ, उचाइ, लम्बाइ र तौल खुल्नुपर्नेछ । साथै, रेबिजविरुद्धको खोप लगाएको विवरण र कुकुर तथा धनीको रङ्गीन फोटोसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)