नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी
arthasansar.com

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई जोड्ने साझा इकोसिस्टम निर्माण गर्नेछन् । यस सहकार्यबाट व्यावसायिक सीप अभिवृद्धि, उद्यमशीलता विकास, कार्यगत शिक्षा, उद्योग–शैक्षिक सहकार्य, स्टार्टअप इन्क्युबेसन तथा एक्सेलेरेशन, नेतृत्व विकास, लगानी प्रवद्र्धन तथा अनुसन्धान एवं ज्ञान आदान–प्रदानका विविध कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)