भोटेकोशी विपति :एनआरएनएद्वारा तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा
rajdhanidaily.com · Wed Aug 26 12:58:30 GMT 2026

लण्डन । रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न आह्वानसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)