सीको जोड: बलियो सेना र भ्रष्टाचार अन्त्य
barnanmedia.com · Wed Jul 01 20:15:00 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए । उनले बलियो सेना राष्ट्रिय सुरक्षाको आधार भएको उल्लेख गर्दै रक्षा क्षमता थप सुदृढ बनाइने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)