सरकारले सुकुम्वासीलाई सुरक्षित होइन, थप जोखिममा पुर्यायो : आङ्देम्बे
newsofnepal.com · Sun Jul 12 08:26:11 GMT 2026

काठमाडौँ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार जोखिमबाट जोगाउने नाममा गरिएको स्थानान्तरणले उनीहरूलाई झन् कठिन अवस्थामा पुर्याएको छ।