रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटियो
nepalpress.com · Wed Aug 26 13:15:37 GMT 2026

तनहुँ । रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार आबुखैरेनीमा दुई र देवघाटमा चार गरी ६ शव फेला परेका हुन् ।
ती शव सनाखत भएको छैन । शवलाई जिल्ला अस्पतालमा राखिएको उनले बताए । दुवै स्थानका शव इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर प्रदीप सुवेदी नेतृत्वको टोलीले फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)