मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता खत्रीको निधन
hamrakura.com · Sun Jul 12 00:00:00 GMT 2026
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस पोखरा महानगरपालिका-२६ का कार्यसमिति सदस्य तथा समाजसेवी ७६ वर्षीय रत्नबहादुर खत्रीको उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति करिब ९ बजे विजयपुरबाट पोखरातर्फ आउँदै गरेको ग१४प २४ नम्बरको बुलेट मोटरसाइकलले बाटो काट्दै गरेका पोखरा-२६ लेखनाथ निवासी खत्रीलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)