पृथ्वी राजमार्ग र मुग्लिन नारायणघाट सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।
प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्ड भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)