प्रचण्डको आरोप- ‘सरकार उद्धारमा असफल भयो, अब लुकाएर, ढाँटेर हुँदैन’
barnanmedia.com · Wed Sep 02 09:42:47 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताए। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)