रसुवा बाढी: प्राधिकरण अन्तर्गतका हाइड्रोमा १९६ भन्दा धेरै कर्मचारी र कामदार सम्पर्कविहीन (कहाँ कति ?)
clickmandu.com · Wed Aug 26 13:26:21 GMT 2026

काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बुधबार बिहानको बाढीले नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रबाट सञ्चालित १२ वटा विद्युत् गृहहरू बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल ४३१.१ मेगावाट विद्युत् बाहिरिएको छ ।
बाढीका कारण उत्पादन बन्द भएका प्रमुख १२ आयोजनाहरूमा रसुवागढी (१११ मे.वा.), सालासुङ्गी/सान्जेन (७८ मे.वा.), माथिल्लो त्रिशूली-३ ए (६० मे.वा.), सान्जेन (४२.५ मे.वा.), त्रिशूली (२४ मे.वा.), चिलिमे (२२ मे.वा.), लाङटाङ (२० मे.वा.), माथिल्लो सान्जेन (१४.८ मे.वा.), माथिल्लो मैलुङ (१४.८ मे.वा.), देवीघाट (१४ मे.वा.), प्राधिकरणको सोलार (२५ मे.वा.) र मैलुङ (५ मे.वा.) रहेका छन् । यस्तै, नदी बेसिनमा निर्माणाधीन कुल ४७० मेगावाटका १५ वटा आयोजनाहरूमा पनि क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)