रसुवामा आएको बाढीमा बाराका दुई युवक बेपत्ता
annapurnapost.com · Wed Aug 26 13:29:46 GMT 2026

सिमरा : रसुवामा आएको बाढीमा परी बाराका दुई युवक बेपत्ता भएका छन्। अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका–२ दोहोरीका सुदीप मण्डल बेपत्ता भएका हुन्।
बाढी आएयता उनीहरु सम्पर्कमा छैनन् । एक वर्षदेखि त्यहाँ कार्यरत रमेश बिहान ९ बजेदेखि सम्पर्कविहिन रहेको उनकी पत्नी अनिशाले बताएकी छिन्। कोठाबाट बिहान खाना खाएर काममा निस्किएका उनीसँग पछिल्लो पटक सम्पर्क हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)