रसुवाको बाढीमा बेपत्ता हुने पर्यटकको संख्या ४०३ जना पुग्यो, ३४१ विदेशीसहित ६२ नेपाली सम्पर्कविहीन
clickmandu.com · Wed Aug 26 13:39:48 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४०३ पुगेको छ। बेपत्ता भएकाहरूमध्ये विदेशी नागरिकको संख्या ठूलो रहेको छ। पछिल्लो विवरण अनुसार ३४१ जना विदेशी पर्यटक र ६२ जना नेपाली नागरिक सम्पर्कविहीन भएका हुन्।
विदेशी पर्यटकमध्ये भारतीय नागरिकहरूको संख्या उल्लेख्य रहेको छ। कुल विदेशी पर्यटकमध्ये १३३ जना भारतीय नागरिकहरू बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएको जानकारी प्राप्त भएको छ। बाँकी विदेशी पर्यटकहरू अन्य विभिन्न मुलुकका रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)