चीनबाट रियल-टाइम बाढीको पूर्वसूचना पाउन नसक्दा नेपालमा १४ महिनापछि अर्को अकल्पनीय क्षति
techpana.com · Wed Aug 26 13:36:07 GMT 2026

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बुधबार बिहान आएको अप्रत्याशित र भीषण बाढीले रसुवा, धादिङ, नुवाकोट र चितवन लगायतका जिल्लामा ठुलो क्षति पुगेको छ । तिब्बतमा हिमपहिरोले नदी थुनिएर बनेको ताल फुट्दा भोटेकोशीमा आएको यस बाढीले नेपाल र चीनबिचको विपद् व्यवस्थापनमा रहेको सूचना आदानप्रदानको अभावलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ ।
यो घटना १४ महिनाअघि (अर्थात् २०८२ असार २४ गते) रसुवागढी नाकाको मितेरी पुल बगाउने गरी आएको बाढीसँग मिल्दोजुल्दो छ । तर, यसपटक भने अघिल्लो वर्षको तुलनामा झनै ठुलो जनधनको क्षति भएको आँकलन गरिएको छ । बागमती प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार हालसम्म ४६ जनाको शव फेला परिसकेको छ भने ९३ जना घाइतेको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)