कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : कुमारी बैंकले आज (वैशाख १५ गते) देखि साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ ३ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)