भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका १३३ कर्मचारी तथा कामदार सम्पर्कविहीन
nepalsamaya.com · Wed Aug 26 13:53:07 GMT 2026

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १३३ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ जना कर्मचारी सम्पर्कविहीन छन्। सोही आयोजनाको साइटमा चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत थप ११ जना पनि सम्पर्कमा छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)