प्रधानमन्त्रीले भने- बाढीमा ५० भन्दा बढीको मृत्यु, २५० भन्दा बढीको उद्धार
nepalviews.com · Wed Aug 26 13:54:58 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका छन्। बाढीमा परी घाइते भएका र बेपत्ता भएकाको उद्धार तथा खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)