गोरखामा आठ शव फेला, बाढीले दुई झोलुङ्गे पुल बगायो
gorkhapatraonline.com · Wed Aug 26 13:52:24 GMT 2026

भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो ।
गण्डकी गाउँपालिका-८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ । यस्तै, गण्डकी-६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी-१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी-४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ । यसैगरी गण्डकी-७ ज्यामिरेघाटमा एक पुरुषको शव र सहिदलखन गाउँपालिका-३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)