दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
kendrabindu.com · Sun Jul 12 09:05:44 GMT 2026

सियोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ ।
नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)