प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’
nepallive.com · Wed Aug 26 13:55:00 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको जानकारी दिए । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)