चितवनमा मन्त्री चौधरी : हात्ती केन्द्रदेखि वन्यजन्तु पीडितसम्मको अवस्थाबारे चासो
nepalpress.com · Sun Jul 12 09:13:04 GMT 2026

चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएकी हुन् ।