भोटेकोशी बाढीमा सरकार के-के गर्दैछ ?
barnanmedia.com · Wed Aug 26 14:03:54 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रधानमन्त्री बालेन शाहले सरकार उद्धार, उपचार, खोजतलास र राहत कार्यलाई तीव्र बनाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीमा परी ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्य एक्लै नछाड्ने प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)