टुक्रे विकासभन्दा एकीकृत विकास अवधारणामा जानुपर्छः पूर्व मुख्यमन्त्री चौधरी
gorkhapatraonline.com · Wed Sep 02 09:57:43 GMT 2026

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले टुक्रे विकासभन्दा एकीकृत विकास अवधारणामा जानुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति दाङको १०औँ जिल्ला सभाको बुधबार उद्घाटन गर्नुहुदै पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विगतमा टुक्रे विकासका योजनालाई प्राथमिकता दिँदा दाङको एकीकृत विकास अवधारणामा कमी भएको बताउनुभयो । अनुभवी जनप्रतिनिधिले आगामी पुस्तालाई विकासको कस्तो अनुभव हस्तान्तरण गर्ने भन्ने विषयमा समेत गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “हामीले टुक्रे विकासलाई बढी ध्यान दिँदा एकीकृत विकासको अवधारणामा चुक्यौँ। अब आउने पुस्तालाई दिगो र योजनाबद्ध विकासको अनुभव दिन सक्ने गरी काम गर्नुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)