टेनिसमा नयाँ इतिहास: चेक सुन्दरी नोस्कोभालाई पहिलो विम्बल्डन उपाधि
barnanmedia.com · Sun Jul 12 09:23:45 GMT 2026
लन्डनको सेन्टर कोर्टमा शनिबार भएको एक ऐतिहासिक फाइनल भिडन्तमा २१ वर्षीया चेक टेनिस स्टार लिन्डा नोस्कोभाले आफ्नै देशकी क्यारोलिना मुचोभालाई पराजित गर्दै आफ्नो खेल जीवनकै पहिलो विम्बल्डन र पहिलो ग्रान्डस्लाम उपाधि चुमेकी छन्। दुई चेक खेलाडीबीच भएको तीन सेटको रोमाञ्चक प्रतिस्पर्धामा नोस्कोभाले मुचोभालाई ६-२, ५-७, ६-३ ले पाखा लगाउँदै टेनिस जगतमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेकी हुन्।
यो जितसँगै नोस्कोभा सन् २०११ मा उनकी बाल्यकालकी आदर्श खेलाडी पेट्रा क्विटोभाले उपाधि जितेयताकै सबैभन्दा कान्छी विम्बल्डन महिला च्याम्पियन बनेकी छन्। रोचक कुरा के छ भने, क्विटोभा स्वयं रोयल बक्समा बसेर यो ऐतिहासिक क्षणको साक्षी बनेकी थिइन्। यस ऐतिहासिक सफलतापछि नोस्कोभा सोमबार जारी हुने डब्ल्युटीए (WTA) वरीयतामा आफ्नो खेल जीवनकै उत्कृष्ट सातौँ स्थानमा उक्लने निश्चित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)