म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
ratopati.com · Sun Jul 12 09:41:41 GMT 2026

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र खिवाङ सेवा समाजको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)