प्रेमीसँग मिलेर डेढ लाख ‘सुपारी’ मा श्रीमानको हत्या
nepalpress.com · Wed Aug 26 14:31:23 GMT 2026

धनगढी । कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको रहस्य खुलेको छ । प्रहरीका अनुसार श्रीमानको हत्या गर्न डेढ लाख रुपैयाँको ‘सुपारी’ दिइएको थियो र ४० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या श्रीमतीको योजनामा भएको हो । प्रहरीले उनकी श्रीमती ३२ वर्षीया यमुना सुनारसहित पाँच जनालाई पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)