रसुवा बाढीपीडितका लागि एनआरएनएले ५ करोड सहयोग गर्ने
aarthiknews.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बिहान आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि एनआरएनएले आकस्मिक बैठक बोलाएर राहत तथा उद्धार अभियानलाई तत्काल अघि बढाउने निर्णय गरेको हो। संघले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)