राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँदै
annapurnapost.com · Wed Aug 26 14:35:51 GMT 2026

काठमाडौं : राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत र उद्धार सामग्री लिएर आउन लागेको हो।
नेपाल सरकारको आग्रहमा भारतले उद्धारसहितको राहत सामग्री पठाउन लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजमात्र प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संबाद गरेका थिए। उनले सबै प्रकारका सहायता दिन भारत तयार रहेको प्रतिबद्धता गरेका थिए। सोही प्रतिवद्धता बमोजिम भारत सरकारले राहत र उद्धारको सामग्री पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)