टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित
barnanmedia.com · Wed Aug 26 14:35:29 GMT 2026
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई ४ विकेटले हराएको हो ।
एसीटीले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर १४४ रन बनाएको हो । नेपालका कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । ४७ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । मयांक यादव २१ र लोकेश बम १२ रनमा आउट हुँदा पवन सर्राफ २९ र विपिन खत्री ३ रनमा अविजित रहे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)