जनता एग्रोमा रु. ५ करोड संस्थागत लगानी थपिने, पुँजी पुनः निर्धारण गरिने
corporatenepal.com · Sun Jul 12 09:55:16 GMT 2026

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने र पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको छ ।
शुक्रबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिले कम्पनीको संस्थापक शेयरतर्फको जगेडा रहेको शेयरमा लगानी गर्ने प्रस्ताव गरेका थिए । विशेष साधारणसभाले दुईवटै कम्पनीलाई प्रतिकित्ता रु. १२५ का दरले २–२ लाख कित्ता शेयर दिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)