रसुवा बाढी : संघीय सरकारको कार्यमा प्रदेश सरकारको ऐक्यबद्धता
nepalpress.com · Wed Aug 26 14:54:00 GMT 2026

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख व्यक्त गर्दै विपद्को सामना गर्न संघीय सरकारले अघि बढाइरहेको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा ऐक्यबद्धता जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सुदूरपश्चिम प्रदेश सरकारको पूर्ण सहयोग र ऐक्यबद्धता रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)