बीपी प्रतिष्ठानकाे निर्देशकमा लिम्बू, शिक्षाध्यक्षमा झा र रजिस्ट्रारमा बराल नियुक्त
annapurnapost.com · Wed Sep 02 10:00:53 GMT 2026

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रिक्त रहेका तीन प्रमुख पदाधिकारी नियुक्त भएका छन्। सरकारले प्रतिष्ठानको अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्त गरेको हो। स्वास्थ्यमन्त्री निशा मेहताले नवनियुक्त तीनै जना पदाधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराएकी छिन्।
प्रतिष्ठानको अस्पताल निर्देशकमा डेन्टल विभागका डा. इन्द्र लिम्बू नियुक्त भएका छन्। धरानका स्थानीय बासिन्दा डा. लिम्बू यसअघि प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशक तथा निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी चिकित्सक हुन्। निर्देशकमा नियुक्त भएपछि डा. लिम्बूले प्रतिष्ठानको सुधार र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्। प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)