६ जना मन्त्रीहरू खरिपाटीमा, प्रतिभाले सुकुम्वासीलाई भनिन्- भावुकतामा होइन, कानुनअनुसार काम हुन्छ
nepalpress.com · Sun Jul 12 10:16:37 GMT 2026

काठमाडौँ । भूमिसुधार मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारेकी छन् । हचुवाको भरमा लालपूर्जा बाँड्दा भोलि कानुनी झमेला आउन सक्ने भन्दै उनले आगामी पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताइन् ।
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर हिजो जलमग्न भएपछि त्यहाँ रहेका सुकुम्वासीलाई खरिपाटी पुर्याइएको छ । आज सरकारका ६ जना मन्त्रीहरू एकसाथ खरिपाटी पुगेका थिए । गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमिसुधारमन्त्री रावल खरिपाटी गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)