भोटेकोशी बाढी: जलविद्युतका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
kendrabindu.com · Wed Aug 26 15:19:10 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १३३ जनाभन्दा बढी कर्मचारी तथा कामदारसँग सम्पर्क टुटेको छ। नेपाल विद्युत् प्राधिकरणले संकलन गरेको पछिल्लो विवरणमा सम्पर्कविहीन हुनेमा विदेशी नागरिकसमेत रहेको उल्लेख छ।
प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनाको कार्यस्थलमा खटिएका २१ जना कर्मचारी अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उक्त आयोजना त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गत निर्माण भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)