प्रधानमन्त्री संसद्मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस
onlinekhabar.com · Wed Jun 10 10:43:48 GMT 2026

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु- उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन । उहाँ अब गौण हुनुभयो । अब हामीलाई उहाँको उपस्थिति जरुरी भएन प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा घोर भर्त्सना गर्दछौं,’ उनले भने, ‘सदनलाई अवरोध गरिराख्दा अनेकौँ जरुरी किराना लाग्छ । नेपाली कांग्रेसले निहुँमा यही बाहनामा देशलाई घाटा हुन्छ भन्ने बुझेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)