नेपालमा बाढीको क्षतिप्रति भारतीय गृहमन्त्री अमित शाहद्वारा दुःख व्यक्त
annapurnapost.com · Wed Aug 26 15:21:57 GMT 2026

काठमाण्डौं : भारतीय गृहमन्त्री अमित शाहले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले यस विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना प्रकट गर्दै संकटको घडीमा भारत सरकार नेपालको साथमा रहेको प्रतिबद्धता जनाएका छन्।
नेपालमा आएको बाढीका कारण भारतका सीमावर्ती राज्यहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै गृहमन्त्री शाहले बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। बाढीको जोखिम हुन सक्ने सीमावर्ती क्षेत्रका स्थानीय प्रशासन तथा राहत-उद्धार टोलीहरूलाई सतर्क अवस्थामा राखिनुका साथै राष्ट्रिय आपतमोचन बललाई पनि 'हाई अलर्ट'मा राखिएको उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)