रसुवा बाढी: भन्सारका १५ कर्मचारी सम्पर्कविहीन, ८ जनाको उद्धार, अर्थमन्त्री पुगे अस्पताल
clickmandu.com · Wed Aug 26 15:37:12 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण भन्सार प्रशासन र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ । शनिबार साँझ ८ बजेसम्मको विवरणअनुसार १५ जना भन्सार कर्मचारी अझै सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार बाढीमा परेर घाइते भएका नायब सुब्बा (नासु) धर्मराज शाही र तिलक पराजुलीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरू दुवैको अहिले नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अर्थमन्त्री वाग्लेले अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका स्वकीय उपसचिब नवीन ढुंगानाले जानकारी दिए । सोही क्रममा उनले उद्धार गरेर ल्याइएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापामगरलाई पनि भेटेर स्वास्थ्य लाभको कामना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)