हनुमान अंश : २००० प्रतिशत कमाएपछि बन्ने भयो फिल्मको सिक्वेल
ratopati.com · Wed Sep 02 10:06:52 GMT 2026

नयाँ दिल्ली । बक्स अफिसमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको आध्यात्मिक फिल्म ‘हनुमान अंश’को सिक्वेल बन्ने भएको छ । फिल्मका लेखक तथा निर्देशक विशाल चतुर्वेदीले दोस्रो भागको काम सुरु भइसकेको जानकारी दिएका छन् । अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्मले सुरुवातमा अपेक्षा गरिएभन्दा सुस्त व्यापार गरेको थियो । तर दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि यसको कमाइ क्रमशः बढ्दै गयो । केही सातामै फिल्मले ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ ।
फिल्मको क्लाइमेक्समै यसको कथा अगाडि बढ्ने संकेत गरिएको थियो । अन्तिम दृश्यमा देखाइएको स्लेटमार्फत नीम करौली बाबाको आध्यात्मिक यात्रा अझै बाँकी रहेको संकेत दिइएको थियो । अहिले निर्माण पक्षले त्यसैलाई निरन्तरता दिँदै दोस्रो भागको तयारी थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)